२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक शिक्षकको मृत्यु

सिरहाको लहानमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ।

लहान नगरपालिका–२३, गाढा गाउँमा शनिबार बिहान धान खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको मृत्यु भएको हो।

सहनी लहान–१९, सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई स्थानीयले तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०८२ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App