नेपाल-चीन तातोपानी लिपिङ नाका आज (आइतबार) राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ।
यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज रातिदेखि २१ गते राति १२ बजेसम्मको लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एव शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १९:०३ आइतबार





