जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले ध्वस्त बनेको सर्वोच्च अदालतले आफ्नो नियमित कामकारबाही टेन्टबाट सुरु गरेको छ।
न्यायको मन्दिर भग्नावशेषमा परिणत भएपछि आइतबारदेखि कर्मचारीहरूले परिसरमा टेन्ट टाँगेर तारिख दिने र रिट दर्ता गर्ने काम थालेका छन्।
हजारौं मिसिल जलेर नष्ट भएपछि अदालतले सेवाग्राहीलाई आफ्नो मुद्दाको फाइल साथमै लिएर आउन भन्दै अनुरोध समेत गरेको छ।
आइतबार बिहानैदेखि सर्वोच्च अदालतको गेट अगाडि अन्योलग्रस्त सेवाग्राही, कर्मचारी र सुरक्षाकर्मीको भीड छ।
करिब ११ बजेतिर, कर्मचारीहरूले परिसरमै छलफल गरी टेन्टमुनि अस्थायी डेस्कहरू स्थापना गरे। रिट, मुद्दा र बन्दी प्रत्यक्षीकरणका लागि छुट्टाछुट्टै डेस्क बनाएर अलमलमा परेका सेवाग्राहीलाई लाइनमा राख्दै तारिख दिने काम सुरु भयो।
हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक
























प्रकाशित: २९ भाद्र २०८२ १५:४८ आइतबार





