१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

जसपा, जनमतसहित नेमकिपा र जेन-जी समूहका उम्मेदवारले शेखर कोइरालालाई सघाउने

मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।

उनीहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ति पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफुहरुको भन्दा डा शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफुहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।

 

प्रकाशित: १८ फाल्गुन २०८२ १८:१७ सोमबार