हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भएको दाबी गरेका छन्। बुधबार अज्ञात समूहले आफूमाथि आक्रमण गर्ने उद्देश्यले रानी बारीबाट बानेश्वरसम्म लखेटेको गुरुङले दाबी गरेका हुन्।
पल्सर बाइक र केही गाडीमा आएको समूहले आफूलाई लखेटेको गुरुङको दाबी छ। जेन–जी आन्दोलनका क्रममा अग्र भागमा नदेखिएका गुरुङ भदौ २४ गतेपछि एकाएक आन्दोलनको नेताका रूपमा देखा परेका पात्र हुन्।
प्रकाशित: १ आश्विन २०८२ १६:०२ बुधबार





