२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मादूरो दम्पत्तीलाई छाड्न भन्दै अमेरिकी दूतावास बाहिर विद्यार्थीको प्रदर्शन

विभिन्न विद्यार्थी संगठनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै नेपालस्थित अमेरिकी दुतावास महाराजगञ्ज बाहिर प्रदर्शन गरेका छन् ।  

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।  

अमेरिकी नियन्त्रणमा रहेका राष्ट्रपति मादूरो दम्पतीलाई पनि उनीहरूले रिहा गर्न माग गरेका छन् । भेनेजुएलाको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपप्रति विरोध जनाउँदै प्रदर्शनकारीले भेनेजुएलाको आत्मनिर्णयको अधिकार सम्मान गरिनुपर्ने माग राखेका छन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा धकेलाधकेलसमेत भएको छ ।

प्रकाशित: २० पुस २०८२ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App