१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

बुधबार र बिहीबार तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान, जोखिम कता ?

मौसमविद्ले बुधबार र बिहीबार साँझ देशका विभिन्न जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान गरेका छन्। 

बुधबार साँझ पौने ६ बजेतिर  सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार साँझ पौने ६ बजेदेखि बिहीबार साँझ पौने ८ बजेसम्म यो प्रणाली सक्रिय रहने देखिएको छ।  

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पार्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतीर सर्दै जाने देखिएकाले देशका धेरै ठाउँमा यसको प्रभाव रहने विभागले जनाएको छ। हावाहुरीसहित पानी पर्ने भएकाले आवश्यक सतर्कता हपनाउन विभागले अनुरोध गरेको छ। 

प्रकाशित: १५ वैशाख २०८३ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App