१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

कैलाली अदालतद्वारा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट

कैलाली जिल्ला अदालतले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले आर्थिक २०८१/०८२ को असार ३२ गतेसम्म  २ हजार ९ सय३० वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ ओटा मुद्दा फर्छ्यौट गर्न सफल भएको हो।

जिल्ला अदालतमा  दर्ता भएकामध्ये आर्थिक वर्ष २०८१/०८२ मा फर्छ्यौट भई १ हजार ३ सय ५ वटा मुद्दा बाँकी रहेका छन् । जसमध्ये १८ महिना भित्रका बाँकी एक हजार २४४, १८ महिनादेखि २ वर्षसम्मका ४५ र २ वर्ष नाघेका १६ मुद्दा रहेका छन्। जिल्लामा कुल मुद्दाको फैसला ७० दशमलव ६८ प्रतिशत  रहेको श्रेस्तेदार उप-सचिव चेतराज पन्तले जानकारी दिए। 

आर्थिक २०८१/०८२ मा कुल दर्ता भएका ४ हजार ४५१ मुद्दा मध्ये  सरकारवादी (फौजदारी) मुद्दा ३१४ जिम्मेवारीसहित सरेका एक हजार ६८० थान दर्ता भएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिए। 

कुन न्यायाधीशले कति मुद्दा फर्छ्यौट गरे ?

कैलाली जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीले सबैभन्दा बढी ९ सय ४३ मुद्दा, न्यायाधीश प्रदीपकुमार उपाध्यायले ८ सय ५४, न्यायाधीश दण्डपाणि लामिछानेले ७ सय ३५ र न्यायाधीश दीपेन्द्रनाथ योगीले ५ सय ९३ मुद्दा  फर्छ्यौट गरेको श्रेस्तेदार उप-सचिव पन्तले बताए । यस्तै न्यायाधीश विष्णुप्रसाद अवस्थीले १२ र न्यायाधीश डल्लुराम चौधरीले ९ मुद्दा फर्छ्यौट गरेका हुन् । न्यायाधीशद्वय अवस्थी र चौधरी आर्थिक वर्षको सुरुवातीमै सरुवा भएर गएका थिए।

प्रकाशित: ३२ असार २०८२ २०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App