६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा उनी छुटेका थिए । बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए । सोही घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

No description available.

प्रकाशित: १ मंसिर २०८२ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App