२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, १७ सय सुरक्षाकर्मी परिचालन

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील जिल्लाको सुचीमा पर्ने कपिलवस्तुमा बडा दशैं लगायतका चाडपर्व लक्षित गरी ‘कपिलवस्तु जिल्लाको चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना २०८२ अन्तर्गत १७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

जिल्ला सुरक्षा समितिले संयुक्त सुरक्षा योजना तयार गरेको हो । सोही अनुसार नेपाल र सशस्त्र प्रहरी गरी १७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ दिल कुमार तामाङले बताए ।  

बडा दशैं, लक्ष्मि पुजा र छठ पर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन सो योजना ल्याएको हो । एक हजार नेपाल प्रहरी, ५ सय सशस्त्र तथा २ सय बढी बाहिरी जिल्लाबाट समेत ल्याएर कपिलवस्तुमा परिचालन गरिएको प्रजिअ तामाङले बताए ।  

चाडपर्वमा  हुन सक्ने सक्ने सम्भावित घटनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण संयुक्त रुपमा प्रहरी परिचालनको रणनीतिक कार्ययोजना बनाइएको उनले बताए ।  

चाडपर्व मनाउने तथा मुर्ति बिसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य बिष्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागु औषधको सेवन गरी हो-हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए ।  

चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजना अनुसार प्रहरीको परिचालन गरिने गरिएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । जेन-जी आन्दोलकोक्रममा कारागारबाट कैदीबन्दीहरु फरार भएकोले जिल्लामा थप सुरक्षा सतर्कता अपनाइएको उनले बताए ।  

उनले चाडपर्वको समयमा आफुहरुले प्रभावकारी सुरक्षा दिने दाबी गरे । चाडपर्व कै बेला नेपाली सेनाको टोलीले समते आफनो बार्षिक योजना अनुसार एआरबी गस्ती समेत गर्नेछ । यस्तै नियमित गस्ती, सीमा क्षेत्रमा निगरानीसमेत गरिने जनाइएको छ। 

प्रकाशित: ८ आश्विन २०८२ २०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App