सरकारले २८औं भूकम्प सुरक्षा दिवसको मूल नारा तयार गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।
२८औं भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहका सरकार सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ रहेको छ।
बैठकले भूकम्प दिवसलाई केन्द्रमा मात्र सीमित नराखी सातै प्रदेश र सबै स्थानीय तहमा विशेष कार्यक्रमका साथ मनाउन अनुरोध गरेको छ। भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित निर्माणबारे जनचेतना जगाउन स्थानीय तहसम्म कार्यक्रमहरू गर्ने बताइएको छ।
नेपालमा हरेक माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।
प्रकाशित: १८ पुस २०८२ १३:५२ शुक्रबार





