२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जेनजीको नाममा सिमरा विमानस्थल घेराउ, महेश बस्नेत आउने कुराले तनाव

जेनजीको नाममा बाराको सिमरा विमानस्थल घेराउ गरिएको छ। एमाले स्थायी कमिटी सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेत बाराको एक कार्यक्रममा जाने भएपछि विमानस्थल घेराउ गरिएको हो।

त्रिवि विमानस्थलमा एमाले नेताहरू अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह रहेका छन्। उता, सिमरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको छ।

नागरिकसँगको कुराकानीमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अवस्थालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी गराए।

यसबारे थप जानकारी लिइरहेको उल्लेख गर्दै उनले आवश्यक परेमा कर्फ्यु समेत लगाउन सक्ने संकेत दिएका छन्। विमानस्थालमा भएको हुलदंगाका कारण सिमराका लागि हुने आन्तिरक उडान प्रभावित भएका छन्। 

प्रकाशित: ३ मंसिर २०८२ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App