३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

श्याल्पा गुम्बा निरीक्षण : हतियार होइन, बुद्धका ८४ हजार श्लोक भेटिए

काठमाडौं कपनस्थित श्याल्पा गुम्बामा हतियार लुकाएको हल्ला चलेपछि निरीक्षण गरिएको छ। डा. वासुदेवकृष्ण शास्त्री र डा. चिन्तामणी योगीको नेतृत्वमा हिन्दु गुरुहरूको टोलीले शनिवार निरीक्षण गरेको हो।

सो अवसरमा श्याल्पा तेन्जिन रिन्पोचेले सबै कोठा खुला गरेर देखाएका थिए। हतियार केही भेटिएन, बरु बुद्धका ८४ हजार श्लोक र पवित्र ग्रन्थहरू मात्र थिए। गुम्बामा दुर्गम क्षेत्रका नेपाली बालबालिकालाई निःशुल्क आवास–भोजनसहित कक्षा १२ सम्म पढाइ हुँदै आएको छ।

रिन्पोचेले गुम्बाको हतियार अहिंसा, प्रेम र करुणा भएको भन्दै यसले अज्ञान, रिस र मोह मार्ने बताए।

हिन्दु–बौद्ध गुरुहरूले खादा साटासाट गरी हजारौं वर्षको एकताको सन्देश दिएका थिए। टोलीलाई शुद्ध शाकाहारी भोजन खुवाएर बिदा गरिएको थियो। 

प्रकाशित: १७ मंसिर २०८२ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App