२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चन्द्रागिरि आश्रममा शिव मन्दिर बन्दै

अघोर पीठ, परमेश्वरी सेवा केन्द्र , सुधर्मा आश्रम  चन्द्रागिरि नगरपालिका वाड नं –८ ढाक्सीमा शिवशक्ति पीठ अघोरेश्वर महादेव मन्दिर निर्माण हुन लागेको छ ।  भष्मेश्वर पहाडको काखमा मातातिर्थ र मच्छेनारायण को बिचमा अवस्थित पशुपतिनाथ महादेव दक्षिण मुख अघोर अघोरेश्वर को आश्रम भएकाले त्यहाँ शिव मन्दिर बन्न लागेको हो । अघोर किनारामी गुरु शिष्य परम्परा अन्तर्गत बाबा अवधूत मंगलधन रामज्यूद्वारा  संस्थागत गरिएको आश्रम नजिक मन्दिर बनाइने आयोजकहरुले जनाएका छन्  ।  

आयोजकहरूका अनुसार  आध्यात्मिक, धार्मिक, सामाजिक संस्था भएकाले मन्दिर बनाएर  मानिसहरूमा आध्यात्मिक उन्नति , मनुष्य धर्मको ज्ञान, मानवीय गुणको बिकास एवम् धर्म ,संस्कृति, परम्पराको संवर्द्धन गर्ने जस्ता कुराहरूलाई दृष्टिगत गरी यस आश्रम परिसरमा शक्ति पीठ स्थापना हुनेछ । यस मन्दिरमा माँ महाकाली, महालक्ष्मी, महासरस्वतीको विग्रह साथै शिवलिंग एवम्  माँ गुरुहरूको विग्रह स्थापना गरिनेछ । 

मन्दिरबाट मानिसहरूले मानवीय गुण , चरित्र ,व्यवहार सिकेर गुरुको आशीर्वाद प्राप्त गरी आफ्नो  आत्म कल्याण , परिवार,समाज र राष्ट्रको कल्याण गर्नेछन । असहाय ,रोगीहरूलाई सुलभ ,सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यस आश्रम परिसरमा माँ गुरु अस्पताल निर्माण गर्ने उद्देश्य राखी अस्पताल भवन निर्माणको भुमिपुजन , शिलान्यास पनि गरिएको छ । सबै संवेदनशील धर्मात्मा, पुण्यात्मा आत्माहरूलाई यस मन्दिर र अस्पताल निर्माणको पुण्य कर्ममा जोडिएर  साथ , सहयोग , योगदान पुर्‍याएर  अध्यात्म , धर्म , राष्ट्र सेवा , मानव सेवाको मार्गमा अघि बढी आफ्नो मानव जीवनलाई सार्थक आयोजक संस्थासँग जोडिएका विकास कुमारले आग्रह गरेका छन् ।

प्रकाशित: १९ श्रावण २०८२ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App