४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

जेनजी आन्दोलनमा भागेका थप सात कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिकाका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका–का २३ वर्षीया बविता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिकाका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह रहेका छन्। 

परिसरका प्रवक्ता  पवनकुमार भट्टराईका अनुसार विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका सातै जनालाई पक्राउपछि सम्बन्धित कारागारमा पठाइएको छ।  

प्रकाशित: ४ फाल्गुन २०८२ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App