२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

गुल्मीमा मोटरसाइकलले ५ पैदलयात्रीलाई ठक्कर दियो, ७ जना घाइते

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक, पछाडि सवार एक जना र पाँच जना पैदलयात्री रहेका छन्। 

मदाने गाउँपालिका ४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको हो।

मोटरसाइकल मदाने गाउँपालिका ४ धारापानीका अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सुनारसहित मोटरसाइकलमा पछाडि सवार सोही स्थानका अन्दाजी २० वर्षीय माधव सुनार घाइते भएका छन्।

त्यस्तै, पैदलयात्री मदाने गाउँपालिका २ पञ्चपोखरीकी २६ वर्षीया लक्ष्मी बिक, मदाने गाउँपालिका २ बाझकटेरी नेटा निवासी ३५ वर्षीया कबिता भुसाल, उनकी अन्दाजी ९ वर्षीया छोरी अर्चना भुसाल, सोही स्थानकी ४० वर्षीया कमला बिक र १ वर्षीया सबिना बिक घाइते भएका छन्। 

घाइते सबैलाई उपचारका लागि स्थानीय मेडिकल पुर्कोटदह, गुल्मीमा लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये कमला बिक र सबिना बिक उपचारपछि डिस्चार्ज भएका छन् भने मोटरसाइकल चालक खुमबहादुर सुनारको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०८३ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App