२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

लमजुङमा अटो दुर्घटना, सात घाइते

लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

ग.प्र. ०४-००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका- ७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा सुन्दरबजार नगरपालिका-६ की गोमा अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा प्राथमिक उपचारपछि चितवन रिफर गरिएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएको छ।

सोही स्थानका कृष्णकुमारी रेग्मी, सिर्जना तामाङ, स्वतन्त्र घिमिरे र सरस्वती न्यौपाने सामान्य घाइते भएका एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठले बताए।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका- १० की हाल लमजुङ क्याम्पसमा अध्ययनरत दिक्षकिरण शर्मा सामान्य घाइते रहेकी प्रहरीले जनाएको छ। सामान्य घाइते सबैको एचडिसियस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक विनोद खड्का र अटोलाई इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा राखिएको छ।  

प्रकाशित: २६ श्रावण २०८२ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App