लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा हाईस चालक ३ जना, बस चालक २ जना, ट्रक चालक १ जना र पिकअप भ्यान चालक १ जना छन् । उनीहरुलाई प्रहरीले काठमाडौंको नागढुङ्गा गरिएको लापसे चेकिङ गरी नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण व्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले सुरक्षा परीक्षण गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेको थियो ।
नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गर्न नहुने प्रहरीको भनाइ छ । प्रहरीले लापसे गरेको पाइए तत्काल खबर गर्न यात्रुलाई पनि अपिल गरेको छ ।
प्रकाशित: ८ फाल्गुन २०८२ १८:३६ शुक्रबार





