आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगे।
वनस्थलीस्थित ‘घण्टी घर’ पुग्दा उनलाई सभापति रवि लामिछानेले स्वागत गरेका थिए।
बालेनको आगमनसँगै कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको थामिनसक्नु भीड लागेको थियो।
सभापति लामिछाने र बालेनले एकसाथ घण्टी बजाएर कार्यालय प्रवेश गरेका थिए।
हेराैं केही तस्बिरहरु। सबै तस्बिर : दिपेश दर्शनधारी/नागरिक







प्रकाशित: ४ माघ २०८२ १६:२७ आइतबार





