२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सप्तरीको सुरूङ्गा नगरपालिका–४ कनकपुरस्थित सडक खण्डमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

ना.५ ख ८५८० नम्बरको ट्रकले प्रदेश–०५–००१ प ६८७३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका–४ बगहा बस्ने ३२ वर्षीय रूपक बस्नेतको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई तत्काल उपचारका लागि सिरहाको प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ माघ २०८२ २१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App