३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

आमाछोरीमाथि खुकुरी प्रहार गर्ने साह यसअघि नै बसेका थिए ५ वर्ष जेल

जनकपुरधाम उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने आमाछोरीमाथि खुकुरी प्रहार गरेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले धनुषाको क्षिरेश्वनाथ नगरपालिका-९ इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उनलाई बुधबार राती लुकिछुपी बसिरहेको अवस्थामा धनुषाको महेन्द्रनगरस्थित इच्छापुरबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

धनुषाकै बटेश्वर गाउँपालिका(५ शान्तिपुर स्थायी घर भएकी हाल डेरा गरी जनकपुरमा बस्दै आएकी मृतक अञ्जलीकी ३५ वर्षीय आमा आशा यादव र उनकी १४ वर्षीय मामाकी छोरी राधा यादव बस्ने घरमा पुगी रामबाबुले गत सोमबार राती कुखुरी प्रहार गरी घाइते बनाएका थिए ।

घटना पश्चात् उपचारका लागि अस्पताल लैजाने क्रममा अञ्जलीको बाटोमै मृत्यु भएको थियो भने आमा र बहिनीलाई अस्पताल पुर्‍याएको थियो । राधा मंगलबार अस्पतालबाट उपचार गराएर घर फर्किसकेका छिन् । आशालाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

रामबाबु यसअघि २०७१ चैत २ गते आफ्नी श्रीमती सरीता देवी साहलाई हत्या गरेको आरोपमा पाँच वर्ष कारागार बसेका थिए। उनी  ७७ सालमा कारागारबाट छुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनी कारागारबाट छुटेको दुई महिनामै अर्को विवाह गरेका थिए ।

प्रहरीका अनुसार घाइते आशा र रामबाबुबिच धनुषाकै महेन्द्रमा पहिलो भेटघाट भएको थियो । आशा महेन्द्रनगर बजारमा रक्सी पसल खोलेका थिइन । त्यही पसलमा रामबाबुको आउजाउ हुन्थ्यो । त्यहीबाट दुबैजानाबीच सम्बन्ध बनेको देखिन्छ ।

उनीहरूको सम्बन्ध नजिकैसँगै दुबै जना जनकपुरमा कोठा भाडा लिएर सँगै बस्न थालेको धनुषा प्रहरी उपरीक्षक नरहरि रेग्मी बताए । उनले भने,'जब आशाकी श्रीमान् दिनेशले आफ्नी श्रीमती रामबाबु डेरा गरी सँगै बस्न थालेको कुरा थाहा पाएपछि रामबाबुको घरमा यस विषयमा जानकारी गराएका थिए । त्यसपछि दुबै पक्षका गाउँ समाजमा छलफल हुँदा आशा र रामबाबुसँगै बस्ने र आशाकी दुई छोरा र एक छोरी दिनेश सँग बस्ने सहमति गरेको समेत गरेको छ । गाउँमा छलफल हुँदा रामबाबुबाट जरिवाना समेत तिर्न लगाएका थिए ।'

अहिले आशा र दिनेशको सम्बन्ध विच्छेदको मुद्दा अदालत चलिरहेको छ । उनका अनुसार रामबाबुले नै आशालाई आर्थिक आम्दानीका लागि एउटा टेम्पु खरिद गर्दिएकाे र आशाले उक्त टेम्पु आफ्ना भाइको नाममा पास गरेपछि उनीहरूबिच विवाद सुरु भएको रामबाबुले प्रहरीमा बयान दिएका छन् ।

पक्राउ परेका रामबाबु सोमबार राती धेरै पटक आशालाई फोन गरेका थिए । तर फोन आशाले नउठाई उनी आफ्नी छोरीलाई बोल्न लगाएकी थिइन । रामबाबुले फेरि फोन गर्दा आशाले फोन उठाएकी थिइनन् । उनीहरूको फोनमा गालीगलौज भएपछि रामबाबुले राती नै आशाकी डेरा पुगी तीनै जनामाथि अन्धाधुन्ध कुखुरी प्रहार गरेका थिए ।  

अभियुक्तको साथबाट हत्यामा प्रयोग भएको खुकुरी र सवारी प्रहरीले बरामद गरेको छ।

प्रकाशित: १५ श्रावण २०८२ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App