९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

रुकुम पश्चिम जीप दुर्घटना (अपडेट): मृतक ६ जनाको सनाखत, १० घाइते

सांकेतिक तस्बिर

जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।  

आज जिल्ला सदरमुकाम खंगलाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए।  

उनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना गरी सात जनाको मृत्यु भएको हो, अन्य १० जना घाइते भएका छन्।  

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याएको छ। जीप सडकदेखि ७०० मिटर तल खसेको छ। थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ७ कार्तिक २०८२ २०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App