२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

देशका विभिन्न स्थानमा सवारी दुर्घटना : ११ जनाको मृत्यु, ११९ घाइते

शुक्रबार देशका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर ११९ जना घाइते भएका छन्।

नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको २४ घण्टाको तथ्यांकअनुसार देशका सातै प्रदेशका विभिन्न स्थानमा साना-ठूला सवारी दुर्घटना भएका हुन्। यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ, जहाँ ९ जनाको मृत्यु र ३३ जना घाइते भएका छन्।

यस्तै कर्णाली प्रदेशमा १ जनाको मृत्यु र ४ जना घाइते, मधेश प्रदेशमा १ जनाको मृत्यु र २४ जना घाइते, कोशी प्रदेशमा ३१ जना घाइते, काठमाडौं उपत्यकामा २० जना घाइते, लुम्बिनी प्रदेशमा ६ जना घाइते र सुदूरपश्चिम प्रदेशमा १ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा कुनै मानवीय क्षति भएको छैन।

प्रकाशित: ३० जेष्ठ २०८३ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App