११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

‘मोन्था’ को प्रभावले वर्षा, आकस्मिक बाढीको जोखिम बढ्दो

हिमपात । फाइल तस्बिर

जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको मोन्था नामक चक्रवातको प्रभावका कारण नेपालमा पानी पर्न थालेको बताएको छ।

विभागका मौसमविद् सौहार्द जोशीका अनुसार यसको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी र मधेस प्रदेशका सबै जिल्लामा बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जोशीले बताए ।  

उनले भने, ‘मोन्था चक्रवातको प्रभावले कात्तिक १३ गतेदेखि १५ गतेसम्म कोशी, मधेस र बागमती प्रदेशमा मध्यमदेखि भारी पानी पर्ने पूर्वानुमान छ। यसको प्रभावले कात्तिक १३ गते कोशी र मधेस प्रदेशका सबै जिल्लामा बग्ने स–साना नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।’

बागमती र लुम्बिनी प्रदेशका केही जिल्ला भइ बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको उनले बताए ।  

उनले भने, ‘बागमती प्रदेशको सिन्धुली, रामेछाप, काभ्रे, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र  लुम्बिनी प्रदेशका नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भइ बग्ने स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।’

शुक्रबार र शनिबार कोशी, मधेस र बागमती प्रदेशका नदीमा बाढी बढ्दै गएर सतर्कताको तह आसपास पुग्ने अनुमान गरिएकोले सावधानी अपनाउन पनि उनले आग्रह गरे ।

कात्तिक १४ र १५ गते कोशी, मधेस र बागमती प्रदेशका नदीहरुमा बाढी बढ्दै गएर सतर्कताको तह आसपास पुग्ने अनुमान गरिएको बताउँदै सावधानी अपनाउन उनले सुझाएका छन् ।  

 

प्रकाशित: १३ कार्तिक २०८२ २०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App