२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

धापमा भासिएर गैँडाको मृत्यु

कावासोती-१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो। गैँडाको खाग र खुर सुरक्षित छ। सन् २०२१ मा भएकाे पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा छन्। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन्। 

प्रकाशित: १० भाद्र २०८२ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App