गायिका एलिना चौहानले आफ्नो लडाइँ सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकताविरुद्ध भएको बताएका छन्। यसअघि उनका पूर्वपति विष्णु सापकोटाले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै आफ्नो मौनतालाई कमजोर नठान्न चेतावनी दिएका थिए। उनले एलिनाको नाम नलिई सकिएको विषयमा धेरै बोलिएको पनि बताएका थिए।
जवाफमा एलिनाले आफ्नो लडाइँ व्यक्तिसँग नभई सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकताविरुद्ध भएको बताएकी हुन्। 'हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर, समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो। म कानुनी प्रक्रियामा जान बाध्य भएँ, म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्यो- त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन, न कुनै बदला लिने सोच। स्पष्ट भन्न चाहन्छु- यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो, त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ,' एलिनाले लेखेकी छन्।
उनले आफूले आफ्ना भोगाइहरू सुनाउँदा आफैँमाथि प्रश्न उठाइएको पनि बताएकी छन्। उनले देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको पनि बताएकी छन्। 'तर, अब म चुप लाग्दिनँ। अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु। किनकि, म एक्लो भए पनि सत्य मेरो साथमा छ,' उनले भनेकी छन्।
यो पनि पढ्नुहोस्
चरित्रहत्या गरेको भन्दै बिष्णुले भने: मेरो मौनतालाई कमजोरी नठान्नुप्रकाशित: २ श्रावण २०८२ १९:४० शुक्रबार





