गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयलाई लिएर प्रतिक्रिया दिएका छन्।
सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानुनी प्रक्रिया अगाडि बढाइसकेको उनले बताएका छन्।
उनले लेखेका छन्,'मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ। अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ। कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?'

प्रकाशित: २ श्रावण २०८२ १८:०१ शुक्रबार





