१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको तीन दिनपछि उद्वार

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्वार गरिएको छ।

बिहीबार चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्वार गरिएको हो।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्वारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए।

घाइतेलाई आज दिउँसो सिम्रिक एयरको हेलीमार्फत उद्वार गरी काठमाडौं पठाएको उनले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेका लम्सालको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेको थियो।

बिहीबार बिहान सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री–४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए।

उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवै जना सकुशल रहेका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए।

प्रकाशित: १५ कार्तिक २०८२ १९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App