१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भासिएको चित्तलको उद्धार

फाइल तस्बिर

झापाको दमक नगरपालिका-२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ।

स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयवासीले फेला पारेका थिए। सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताए। उक्त सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिँदै आएको छ।

जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरू संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक वनमा सञ्चालित संरक्षण केन्द्रमा पुर्‍याइने गरिएको छ। रासस

प्रकाशित: २८ पुस २०८२ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App