३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रविलाई आजै काठमाडौं ल्याइँदै, नख्खु कारागारमा राखिने

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। 

आज दिउँसो नै लामिछानेलाई काठमाडौं ल्याएर नख्खु कारागारमा राखिने कारागार व्यवस्थापन विभागले जनाएको छ। दिउँसोको बुद्ध एअरको जहाजमार्फत उनलाई काठमाडौं ल्याइने विभाग श्रोतले जानकारी दियो। 

विभागले शुक्रबार मात्रै लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय गरेको थियो। लामिछानेले यसअघि डिल्लीबजार कारागार सरुवाका लागि निवेदन दिएका थिए। तर विभागले नख्खु कारागार पठाउने निर्णय गरेको थियो।

प्रकाशित: ३१ श्रावण २०८२ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App