१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवा बाढी : कुन-कुन विद्युत् गृहमा भयो क्षति ?

बुधबार भोटेकोशी नदीमा आएको बाढीले विभिन्न १२ वटा विद्युत् गृहमा क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार बाढीबाट ११ वटा जलविद्युत् गृह र एउटा सोलार विद्युत् गृहमा क्षति पुगेको छ। विद्युत् गृहमा क्षति पुगेपछि कुल ४३१ दशमलव १ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्राधिकरणले जनाएको छ। 

बाढीबाट क्षति पुगेका विद्युत् आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४ दशमलव ८ मेगावाटको अपर साञ्जेन, ४२ दशमलव ५ मेगावाटको सान्जेन र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना रहेका छन्। 

त्यस्तै, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली–३ ‘ए’, १४ दशमलव ८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। यसैगरी २५ मेगावाट क्षमताको सोलार प्रणालीमा पनि बाढीबाट क्षति पुगेको छ। 

प्रकाशित: १० भाद्र २०८३ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App