बुधबार भोटेकोशी नदीमा आएको बाढीले विभिन्न १२ वटा विद्युत् गृहमा क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट ११ वटा जलविद्युत् गृह र एउटा सोलार विद्युत् गृहमा क्षति पुगेको छ। विद्युत् गृहमा क्षति पुगेपछि कुल ४३१ दशमलव १ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्राधिकरणले जनाएको छ।
बाढीबाट क्षति पुगेका विद्युत् आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४ दशमलव ८ मेगावाटको अपर साञ्जेन, ४२ दशमलव ५ मेगावाटको सान्जेन र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना रहेका छन्।
त्यस्तै, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली–३ ‘ए’, १४ दशमलव ८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको प्राधिकरणले जनाएको छ। यसैगरी २५ मेगावाट क्षमताको सोलार प्रणालीमा पनि बाढीबाट क्षति पुगेको छ।
प्रकाशित: १० भाद्र २०८३ १७:५८ बुधबार



-600x400.jpg)
-600x400.jpg)
