१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी

नेपाल-चीन सिमानाको लेन्दे खोलामा आएको विनाशकारी बाढीले २० जना सम्पर्कविहीन भएका छन्।

बेपत्ता हुनेमा नेपाल प्रहरीका ३ जना, नेपाली कामदार ६ जना, ड्राइभर ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन्। बाढीका कारण स्याफ्रुबेसी-टिमुरे सडकखण्डमा गएको पहिरो हटाउन र खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको श्रीनाथ गणको टोली गोसाइँकुण्ड गाउँपालिकाको चिलिमे हाइड्रोपावर र रोंगापुल क्षेत्रमा खटिएको छ।

उद्धार टोलीले हालसम्म परिचय नखुलेका ५ वटा शव र शरीरका भागहरू फेला पारेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र गतिमा जारी रहेको जनाइएको छ।

मंगलबार आएको बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ। 

धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ। 

प्रकाशित: २५ असार २०८२ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App