२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

राप्तीको जलसतह सतर्कता तह पार, डुबानको जोखिम बढ्यो

बाँके जिल्लास्थित राप्तीसोनारी जलमापन केन्द्रले आज बिहान ६:४० बजे पश्चिम राप्ती नदीको जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। विभागका अनुसार नदीको पानीको सतह निरन्तर बढ्दो क्रममा छ, जसले गर्दा तटीय क्षेत्र र डुबान हुने होचा भू-भागमा जोखिम थपिएको छ।  

जल तथा मौसम विज्ञान विभागले डुबानको जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका स्थानीयवासीलाई दिउँसोभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तटीय बस्ती, खेतबारी र पहिले प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ।

विभागका अनुसार पानीको बहाव अझै केही समय बढ्न सक्ने अनुमान गरिएको छ। वर्षा निरन्तर भएमा जलसतह थप माथि जान सक्ने सम्भावना छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। साथै, नागरिकलाई अफवाहमा नपरी आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र पछ्याउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: २० श्रावण २०८२ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App