२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वमा सरदर स्थानको आसपास छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भू-भागमा सामान्यतया बदली र बाँकी तराई भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली र बाँकी भू-भागमा आंशिक बदली हुने महाशाखाले बताएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: ४ आश्विन २०८२ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App