हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको। जल र मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र कोशी र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र कोशी र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०८२ ०६:५३ सोमबार




