कर्फ्यु र निषेधाज्ञा हटेसँगै काठमाडौंसहित देशभर नै सार्वजनिक सवारीसाधन सञ्चालन हुन थालेका छन्। शुक्रबार राति सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ।
अहिले सबै जना आ–आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन्। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन–जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ। वर्तमान सरकारले तोकिएको समयसीमा (आगामी फागुन २१) भित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ।
प्रकाशित: २८ भाद्र २०८२ १३:१८ शनिबार





