२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।

बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो।

इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।

यसअघि गत चैत २५ गते सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो। 

प्रकाशित: १६ वैशाख २०८३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App