२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण गरेका छन् । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका नागरिकलाई हिड्डुल र गतिबिधि गर्न आवश्यक सहयाक सामग्रीहरु छडी (लौरो), ह्वीलचेयर, श्रवणयन्त्र र कुईनो बैशाखी प्रदान गरेका हुन् ।  

‘३४औँ अपाङ्गता दिवस’को अवसर पारेर बुधबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राईले अपाङ्गता भएका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँ जान सहज होस् भनेर आवश्यक सहायक सामग्री दिए । अपाङ्गता भएकाहरुले पनि अन्य सवलाङ्ग नागरिकजस्तै आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न अपाङ्गता लक्षित गतिबिधि गर्दै आएको स्मरण पनि गराए ।  

कार्यक्रमकै अवसर पारेर अध्यक्ष राईले साकेला ५ मात्तिमबिर्तामा गठित मिलीजुली समूहलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । अध्यक्षले पाउदै आएकोसरकारी सेवा सुविधावापतको रकमबाट सोपरिमाणको रकम प्रदान गर्ने घोषणा उनले गरेका हुन् । आफ्नो गाउँपालिकाभित्र रहेका अपाङ्गताहरुको रोकथाम तथा पुनस्थापना गर्न सहयोग पुर्याउने उदेश्यले व्यक्तिगत रुपमा सो सहयोगगर्न लागेको उनको भनाई थियो ।  

अध्यक्ष राईले यसअघि वडा नम्बर २ रतन्छा, ३ खिदिमा र ४ मातिममा गठितअपाङ्गता  उत्थान र पुनस्र्थापना लक्षित मिलिजुलीसमूहहरुलाई पनि प्रति समूह १५ हजारकादरले व्यक्तिगत सहयोग उपलब्ध गराईसकेका छन् । आफुले उपलब्ध गराएको सो सहयोगरकम मिलिजुली समूहको कोषमा जम्मा गरेर अपाङ्गता व्यक्ति तथा उनीहरुको परिवारको उत्थान, सहयोग र जीविकोपार्जनमै लगानीगर्नुपर्ने शर्त अध्यक्ष राईले राखेका छन् ।  

कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता नागरिकलाई लक्षित गरि सञ्चालित कार्यक्रमले गाउँभित्ररहेका अपाङ्गता व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नेअपेक्षा उनले लिएका छन् । नागरिकलाई परेको हरेक समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील र जिम्मेबारपूर्ण रुपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता अध्यक्ष राईले जनाए ।  

गाउँपालिकावासीको समस्यासमाधान गर्न स्थानीय सरकारले गर्ने कुनै कसर बाँकी नराख्ने भन्दै अध्यक्ष राईले अपाङ्गता नागरिकप्रति राज्यको दृष्टिकोण अव दया वा मायाको भावनाबाट नभई अधिकार दिने रुपमा लिएको बताए । सङ्घीय सरकारले नै अपाङ्गताहरुलाई समावेशीताको अवसर दिएको भन्दैस्थानीय सरकारले पनि त्यसलाई समावेशी शासनको रुपमा लिएर अधिकार दिएको उनको भनाई थियो ।  

राज्यको नीतिदेखि व्यवहारसम्म समावेशी भयो भने मात्र समाज सभ्य र समुन्नत बन्ने भन्दै अध्यक्ष राईले त्यसप्रति साकेला सरकार तथा प्रमुख भएको हैसियतले आफु संवेदनशील रहेको उनको भनाई थियो । हरेक नागरिकको मानसम्मान, मर्यादा र आत्मविश्वासलाई केन्द्रमा राखेर आफु अघि बढिरहेको अध्यक्ष राईको भनाई थियो ।

साकेलामा गत ०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय तथा प्रदेश सरकासरको साझेदारीमागाउँपालिकाले करुणा फाउण्डेसनसँगत्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । साकेलामा सो कार्यक्रम२०८३ पुस मसान्तसम्म सञ्चालन हुने र त्यसपछि गाउँपालिका एक्लैले निरन्तरता दिने सम्झौता भएको अध्यक्ष राईले बताए ।

प्रकाशित: १८ मंसिर २०८२ १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App