२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

झापाका प्रमुख सहरमा अझै निषेधाज्ञा

जेनजी आन्दोलनका क्रममा झापाका प्रमुख सहरहरुमा लगाइएको निषेधाज्ञा अझै कायम छ । गत सोमबार र मंगलबार भएको प्रदर्शन तथा आगजनी र तोडफोड भएपछि झापा प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लगाएको थियो ।  

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मंगलबार एक सूचना जारी गर्दै बिर्तामोड, भद्रपुर र दमक नगरपालिका क्षेत्रमा राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म निषेधाज्ञा जारी रहेको बताए ।  

बिर्तामोड र दमक नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भद्रपुर नगरक्षेत्रको पूर्वमा चन्द्रगढी एयरपोर्ट, पश्चिममा लेखनाथ चोक, उत्तरमा धनुषमोड र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म निषेधाज्ञा कायम रहने सूचनामा उल्लेख छ ।  

प्रजिअ अधिकारीले पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको हकमा भने निषेधाज्ञा कायम नहुने बताएका छन् ।  

प्रकाशित: ३१ भाद्र २०८२ १८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App