२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा लम्बियो निषेधाज्ञा र कर्फ्यू

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको अवधि लम्बिएको छ । जेन-जी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यूको अवधि बढाएको नेपाली सेनाले जनाएको छ ।  

नागरिकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप निषेधाज्ञा र कर्फ्यू आदेश जारी विज्ञप्तिमार्फत सेनाले जानकारी दिएको छ ।  

कर्फ्यूको अवधि बढाए पनि कर्फ्यू लागू हुने समय भने घटाइएको छ । बिहीबार बिहान १० बजेदेखि लागू भएको कर्फ्यू शुक्रबार ११ बजे पुर्‍याइएको छ ।  

जारी सूचना अनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यस्तै बेलुकी ७ बजेदेखि २८ गते शनिबार बिहान ६ बजेसम्म कर्फ्यू जारी हुनेछ ।  

अत्यावश्यक कामका लागि शक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका पाँच बजेदेखि सात बजेसम्मको समय तोकिएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८२ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App