२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। 

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए। साह विसं २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरुप प्रदर्शनीमा उत्रिएको जानकारी दिए। उनले भने, “अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ ।”

प्रकाशित: २७ श्रावण २०८२ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App