६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको धार्मिक, सांस्कृतिक पहिचानका केन्द्रबिन्दु चन्दननाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।  

खलंगामा रहेको मन्दिरमा पूजा गर्दै उनले राष्ट्र कल्याण, नागरिकको शान्ति र क्षेत्रीय समृद्धिको कामना गरेकी हुन्।  

प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गर्दै मन्दिर वरिपरिकाे सुरक्षा व्यवस्था मिलाइएको थियो।

कर्णालीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्दननाथ मन्दिरमा प्रधानमन्त्रीको पूजाले पर्यटन प्रवर्द्धनमा मात्र नभएर सांस्कृतिक पहिचानको संरक्षण भएको गुठी समितिले जनाएकाे छ।  

‘प्रधानमन्त्रीज्यूले पूजाआजा गर्दै राष्ट्र कल्याण र जनताको शान्ति कामना गर्नुभयो। यो जुम्लाबासीका लागि मात्र नभएर समग्र कर्णाली क्षेत्रका लागि सकारात्मक सन्देश हो।’, जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले भने।

भ्रमणका क्रममा उनले बिहीबार मुगुको रारातालको अवलोकन गर्नुका साथै जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण पनि गरिन्। साथै, मुगु र जुम्लाका सुरक्षा प्रमुखहरूसँगको छलफलमा उनले निर्वाचनमा देखिएको सक्रियता र जिम्मेवार भूमिकाप्रति प्रशंसा व्यक्त गर्दै सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरिन्। 

प्रकाशित: ६ चैत्र २०८२ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App