२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पाइएन जडीबुटीको मूल्य

कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ।

स्थानीय स्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा बिचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ। स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँची लगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि बिचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको बताइन्।

जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोडसल्ला, विखुम्बा लगायत जडीबुटीको खेती गर्दै आएका छन्। चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन् तर सरकारले मूल्य नतोक्दा बिचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको  कृषक पासाङ शेर्पाको गुनासो छ।

उनले भने, “गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ।  त्यही मूल्यमा बेच्छौं, हामीले त घाटामा बेचेका रहेछौं भन्ने पछि पाे थाहा हुन्छ। यसले मारमा छौं।”

यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ।  

प्रकाशित: १७ आश्विन २०८२ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App