३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मतपेटिका गणनास्थलसम्म प्रहरीले नै ढुवानी गर्छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने बताएका छन्।

शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

यस्तै, मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने बताए। मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने उनले बताए।

मन्त्री अर्यालको अनुसार निर्वाचन एकीकृत सुरक्षा योजनाबमोजिम मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको बताउदै उनले सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App