२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पैदलयात्रीलाई ठक्कर दिएर फरार फोर्स गाडी नियन्त्रणमा, चालक फरार

वीरेन्द्रनगरको टेम्पो पार्क नजिकै पैदलयात्रीलाई शनिबार बिहान ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लु २ ख ५७८३ नम्बरको फोर्स गाडीलाई बोटेचौरमा कार्यरत ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सुर्खेतको बोटेचौर क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उक्त गाडीका धनी सिम्ता गाउँपालिका–६ निवासी ३४ वर्षीय लोकबहादुर बीसीलाई प्रहरीले पक्राउ गरेको छ।

गाडी चालक भने फरार छन्। दैलेख घर भई हाल वीरेन्द्रनगर–२ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कंडेल फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका डुङ्गेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ पुस २०८२ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App