प्रशासनिक भवन तोडफोड गरी समान लगेको सिसी क्यामेरामा देखिएपछि फुङलिङ नगरपालिकाले सुरक्षित फिर्ता गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
नगरप्रमुख अमिर मादेनले आइतबार सूचना जारी गर्दै मालसामान तत्काल फिर्ता नगरे कानुनी कारबाही अघि बढाउने चेतावनी दिएका हुन् । सूचनामा जेन जी आन्दोलनका क्रममा केहि अराजक समूहको घुसपैठ भई गत भदौ २४ गते राति साढे ९ बजेतिर नगरपालिकाको प्रशासनिक भवन आगजानी तथा तोडफोड भएको उल्लेख गरिएको छ ।
सोही समय सामानसमेत चोरी भएको र त्यसको प्रमाण आफूहरुसँग रहेकाले इमान्दारीपूर्वक फिर्ता गर्न नगरपालिकाले भनेको हो ।

प्रकाशित: २९ भाद्र २०८२ १७:३५ आइतबार





