६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मादीमा बेपत्ता परियार अझै भेटिएनन्

व्यास नगरपालिका-७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन्।

व्यास नगरपालिका-१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले बताए।

मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ। परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए।  

प्रकाशित: २६ श्रावण २०८२ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App