२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

एक जना यात्रुका लागि तीन जना मात्र आफन्त विमानस्थलमा आउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अत्यधिक भिडभाड नियन्त्रणका लागि कडाइ गरेको छ।

प्राधिकरणले सूचना जारी गर्दै पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान संख्या बढेसँगै यात्रुहरूको चाप पनि बढिरहेको जनाएको छ। तर, एक जना यात्रुलाई स्वागत वा बिदाइ गर्न दशौं आफन्तजन आउने प्रवृत्तिले विमानस्थल परिसरमा अत्यधिक भिडभाड सिर्जना भएको सूचनामा उल्लेख गरिएको छ।

विमानस्थलको सीमित स्थानका कारण यस्तो भिडभाडले सुरक्षा चुनौती बढ्नुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा भइरहेको र समग्र व्यवस्थापनमा समेत नकारात्मक असर परेको प्राधिकरणले जनाएको छ।

यसैलाई ध्यानमा राख्दै प्राधिकरणले एक जना यात्रुको स्वागत वा बिदाइका लागि बढीमा तीन जना मात्र आफन्तजन विमानस्थलमा आउन आग्रह गरेको छ। अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग पुर्‍याउन सबैलाई जिम्मेवार बन्न प्राधिकरणले अपिल गरेको छ।

प्रकाशित: २८ चैत्र २०८२ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App