३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ।

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए।

नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो।

प्रकाशित: २८ असार २०८३ २१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App